शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई (भिडियोसहित)

फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अहिलेकै अवस्थामा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् पास होस् भन्ने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् । आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले भने, ‘कुनै शर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन ।’   

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेमाथि लगाउने विभिन्न आरोपहरु सधैँ मिथ्या हुने पनि बताए । त्यस्तै एमाले अहिले सरकारमा रहेको गठबन्धन लामो समय टिकोस् भन्ने चाहने पार्टी भएको र सरकार पूर्ण अवधि चलोस् भन्ने पक्षमै रहेको पनि बताए ।