एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुँदैन्ः सांसद सुवाल
काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका हुन् ।
उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने जिकिर गरे । त्यस्तै उनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मा त्यसको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग पनि गरे ।
सुवालले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग पनि गरे ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया