खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उनले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरे । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । रासस

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया