अमेरिकामा ओमिक्रोन सङ्क्रमित बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

न्युयोर्क - अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरू बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् ।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताए । यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।
अमेरिकाका अधिकारीहरूले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दुर्त गतिमा फैलिएको जनाएका छन् । उनीहरूले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् । उता कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरू तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए ।
क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाई यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् । रासस

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया