देशको विकास नचाहनेले एमसीसीबारे भ्रम फैलाए - गृहमन्त्री खाण

जनकपुरधाम- नेपालको विकासका लागि रहेको एमसीसीबारे जनतामा भ्रम फैलाइएको गृहमन्त्री बालकृष्ण खाणले आरोप लगाएका छन् ।
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनका लागि जनकपुरधाम आएका गृहमन्त्री खाँणले संचारकर्मीहरुसँग कुरा गर्दै नेपालको विकास नचाहने अरुले एमसीसीबारे भ्रम फैलाएको आरोप लगाएका हुन् ।
नेपालको विकासमा टेवा पुर्याउने लक्ष्य सहितको एमसीसी परियोजनालाई नेपाल सरकारले अघि बढाइसकेको उनले बताए । 'यस अघिका सरकारहरुकै पालामा परियोजनाका लागि सम्झौतासहित प्रक्रियाहरु अगाडि बढाइएको थियो, अब सम्झौतालाई कार्यान्वयन गर्ने हाम्रो दायित्व रहेकोले सोही अनुरुप सरकारले तयारी थालेको छ', उनले भने ।
गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

प्रतिक्रिया