माघ अन्तिममा नेपाल ग्रामीण चलचित्र महोत्सव

काठमाडौँ- सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । ग्रामीण बजारमा नेपाली फिल्मलाई पुर्याएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य आयोजकले राखेका छन् । महोत्सवस्थल भने आयोजकले हालसम्म तोकेका छैनन् ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए ।
उनका अनुसार विभिन्न भाषाभाषीका फिल्म तथा मोबाइलबाट खिचिएका फिल्मलाई पनि प्रदर्शन गरिने महोत्सवमा स्थानीयसँग फिल्मको विविध पक्षबारे अन्तरक्रिया पनि गरिनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया