आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।