छ घण्टापछि सञ्चालनमा आयो पूर्व–पश्चिम राजमार्ग

काठमाडौँ - मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ ।
स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले किरियाखर्च वापत ५० हजार उपलब्ध गराउने र थप रु चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने तथा घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सहमतिपछि आज अपराह्न १२ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए ।
आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताए । छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडपसमेत भएको थियो । सो क्रममा मृतकी दिदी सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी समलियादेवी सदा र गोलबजारका निकेश सदा घाइते भएको र उहाँहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया