यस्तो छ टेलिकमको लोकप्रिय सजिलो अनलिमिटेड प्याक

काठमाडौँ - नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बन्दै गएको छ । दैनिक प्राप्त हुने प्याक सकिएपछि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिनेछ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्नेछन् ।
'सजिलो अनलिमिटेड प्याक' अन्तर्गत पोस्टपेडमा विभिन्न ४ प्याकहरु रहेका छन् । जसमा ५ सय ९९ रुपैयाँ, ७ सय ९९, ९ सय ९९ र एक हजार ४ सय ९९ रुपैयाँका प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५ सय ९९ रुपैयाँ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७ सय ९९ अफर अन्तर्गत जम्मा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २ सय वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९ सय ९९ अफर अन्तर्गत जम्मा ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४ सय वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १ सय मिनेट अफ नेट भ्वाइस र १ सय वटा अफ नेट सन्देश पठाउन सकिन्छ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १ हजार वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १ सय २० जिबी डाटा, २ सय मिनेट अफ नेट भ्वाइस र २ सय वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको ३ सय ८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
एड अन प्याक कसरी खरिद गर्ने
कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न ४ प्याकेजमा प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिन्छ ।
प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिन्छ ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ ।
यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिनेछ ।

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

प्रतिक्रिया