लगातार संसद् अवरुद्ध : संसदीय व्यवस्थामाथि कै मजाक
बुटवल - लुम्बिनी प्रदेशमा एमालेका शंकर पोख्रेललाई हटाएर माओवादी केन्द्रका कुलप्रसाद केसी साउन २८ गते मुख्यमन्त्री भए । केसी आएसँगै एमालले लगातार संसद्माथि धावा बोल्दै आयो । जसका कारण पछिल्लो ५ महिनामा १२ पटक बैठक आह्वान भयो । तर हरेक पटक एमालले संसद् अवरद्ध गर्दै आएको छ । जसका कारण संसदीय व्यवस्थामाथि नै मजाक हुन थालेको टिप्पणी शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको यो कार्यशैलीका कारण संसद् मात्र होइन मिनी संसद्का रुपमा चिनिने संसदीय समितिका बैठक पनि ठप्प छन् ।
विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्री आफ्ना संसद् रहेको र उनीहरूलाई पार्टीले कारबाही गरेको दाबी गर्दै उनीहरूलाई पदमुक्तको माग राखेका छ । तर उनीहरू दुवै जना प्रदेश सरकारका मन्त्री छन् । यो विषय अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ । तर एमालले अदालत र संदन दुवैतर्फ विषयलाई उठाएर गैरजिम्मेवारीपन प्रस्तुत गरेको सत्तारुढ दल माओवादी केन्द्रका सांसद शुर्दसन बराल बताउँछन् । उनले भने – अदालत पुगेको विषय उसैले छिनोफानो लगाउने भएकोले संसद् अवरुद्ध गरेर संसदीिय व्यवस्थाको खिल्ली उडाउने काम नगरेकै राम्रो हुन्छ ।
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सरकार र संसद् सचिवालयले आफ्ना काममा ढिलासुस्ती गर्न र सुशासनबाट टाढा भाग्नका लागि संसद् राम्रोसँग नचलाउने गरेको टिप्प्णी गर्दछन् । उनी भन्छन् – प्रतिपक्षसँग वार्ता संवाद गर्नुको साटो सरकार र संसद् सचिवालय गैरजिम्मेवार बन्ने काम गर्दा यसको असर संसद्मा परेकोछ ।
एमालेको निरन्तरको अवरोधले संसद् नियमित रूपमा चल्न सकेको छैन । सरकारले वितरण गर्ने अनुदान, विकास बजेट र योजनाका सन्दर्भमा गुनासाहरू बढ्दै गएका छन् । नागरिक सरोकार, विवादित सञ्चार विधेयक र अन्य सरोकारका विषयमा संसदीय समितिमा छलफल गर्न नपाएको सांसदहरूकै गुनासो छ ।
संसद्को कामलाई चुस्त र प्रभावकारी बनाउन संसदीय समितिको भूमिका महत्त्वपूर्ण मानिन्छ । तर, लुम्बिनीमा सत्ता केन्द्रित राजनीतिले ससद निष्प्रभावि बन्दै गएको छ ।
अहिले नवौँ अधिवेशन मङ्सिर १ गतेदेखि प्रदेश प्रमुख अमिक शेरचनले अन्त्य गरेका छन् । त्यसैले तत्काल संसद् बस्ने टुङ्गो छैन । बसेपनि अवरोध गर्ने एमालेको नीति छ । सरकारका आन्तरिक एवं सञ्चारमन्त्री तिलकराम शर्माले विपक्षी दलले संसद् चल्न नदिँदा संसद्ीय समितिदेखि लिएर विधेयक निर्माणसमेत प्रभावित बनेको बताए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया