बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

अर्थमन्त्री आफैँ गर्छन् राष्ट्र बैंकका सानातिना काम

काठमाडौँ -  अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले गर्ने सानातिना काम पनि आफैँ गर्न थालेका छन् । उनले राष्ट्र बैंकलाई दिनदिनै पत्र लेख्दै ‘माननीय मन्त्रीस्तरीय निर्णय’ भन्दै परिपत्र गर्दै आएका छन् । अर्थमन्त्रीले गरेको परिपत्रलाई राष्ट्र बैंकका कर्मचारीले अर्थमन्त्रीको ‘माइक्रोम्यानेजमेन्ट’ (हस्तक्षेप-नियन्त्रण) को रुपमा लिएका छन् ।

अर्थ मन्त्री शर्माले यही पुस २ गते ‘आवश्यक व्यवस्था मिलाउने’ भन्दै राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयलाई लेखेको पत्र इकागजले फेला पारेको छ । उक्त मन्त्रीस्तरीय निर्णयको बोधार्थ बैंकर्स संघलाई पनि दिइएको छ । जबकि यस्तो सानातिना काम राष्ट्र बैंक मातहतको विभागले गर्ने गर्थ्यो । 

पत्रको व्यहोरा यस्तो छ -  स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७८/०९/०२ को निर्णयानुसार अनुरोध छ ।