शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

इन्द्रेणी कम्प्लेक्समा आगलागी, दुई करोड बढी क्षति भएको अनुमान

काठमाडौँ – नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ ।  सोमबार  दिउँसो तिनबजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो । 

आगलागीबाट जीम सेन्टरका सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनको भनाइ छ । प्रारम्भीक अनुसन्धानमा इन्र्भटरमा आगलागी भएर आगो फैलिएको देखिएको बताइएको छ ।  
काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको लामाको भनाइ छ ।