भृकुटीमण्डपका व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्रै मेगा हल बनाउन सुझाव
काठमाडौँ - भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्रै निर्माण गर्न माग गरिएको छ ।
सोमबार भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधरणसभामा सहभागी भृकुटीमण्डप बजारका अधिकांश व्यापारीहरुले यस्तो धारणा राखेका हुन् ।
भृकुटीमण्डपका व्यापारीहरुले फोहोर फाल्ने स्थान सफा गरेर व्यवसाय गर्ने वातावरण बनाएकाले अब यहाँका व्यापारीहरुले व्यापार गर्ने स्थायी संरचना बनाएर मात्रै प्रदर्शनी हल बनाउनु पर्ने माग गरेका छन् ।
विगत लामो समयदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका व्यापारी शंकर पोखरेलले ठूला ठूला प्रदर्शनी हल बन्नु राम्रो विषय भएको बताए । तर, उनले भृकुटीमण्डपमा निम्न वर्गीय व्यापारीहरुले व्यवसाय गरेर परिवार पाल्ने गरेको भन्ने ख्याल गर्नु पर्ने बताए ।
उनले मेगा हल बनाए पनि भृकुटीमण्डपमा व्यापार गर्दै आएका १५ सय व्यापारीको लागि स्थायी ठाउँको व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘भृकुटीमण्डपमा अत्यन्तै निम्न वर्गीय मानिसहरुले व्यापार गर्दै आएका छन् । यहाँ व्यापार गर्ने १५ सय व्यापारी हल बन्ने वित्तिकै कहाँ जानु । सरकारले व्यापार गर्ने यस्तै अर्को स्थायी संरचना निर्माण गरिदिनुपर्छ । हामीले गुणस्तरीय सामान ग्राहकहरुलाई बेच्दै आएका छौं ।’
त्यस्तै अर्को व्यवसायी पुष्करकुमार अधिकारीले सरकारले यस्ता खालका गुरुयोजना बनाउने तर काम नगर्ने बताए । उनले यो योजना पनि त्यस्तै हो । तर, सरकारले बनाउनु परे पनि फोहोरको ढङगुर फालेर निम्न वर्गीय ग्राहकको सपिङ स्थल बनाएको बताए । अधिकारीले हल बनाए पनि खासै असर नपर्ने बताए ।
त्यस्तै,व्यवसायी संगीता ढुङगेलले भृकुटीमण्डप महिलामैंत्री बजार भएको बताइन् । उनले यो बजार महिलामैत्री बजार भएकाले बच्चा च्यापेर व्यापार गरिरहेको बताइन् । ढुङगेलले यसरी १५ सय भन्दा बढिले रोजगारी पाएको स्थानमा हल बनाउँदा सरकारले यहाँका व्यापारीलाई उचित व्यवस्थापन गरेर मात्रै काम गर्नु पर्ने बताए ।
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने योजना बताएको छ । महानगरपालिकाले एक वर्ष अगाडि नै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक मेगा हलको योजना अघि बढाएको हो ।
महानगरले निर्माण गर्ने मेगा हलको प्रस्तावित डिजाइन समेत तयार पारिसकेको छ । १ लाख १४ हजार वर्गमिटरभन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार गरिएको छ ।

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

प्रतिक्रिया