नेप्से परिसूचक १७.९३ अंकले गिरावट

काठमाडौँ- तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो । सेयर बजार पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ ।
त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज पनि कारोबार रकममा खासै सुधार भएन ।
नेप्से कारोबारमा आएका १३ उपसमूहको उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचक बाहेक ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ
आज नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, अन्य कृषि विकास बैंक, महुली सामुदायीक लघुवित्त, शिव श्री हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य बढेको छ । आज धेरै मूल्य गिरावट हुनेमा माउन्टेन इनर्जी नेपाल, नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी , तेह्रथुम पावर र समृद्धि फाइनान्सको मूल्यमा गिरावट आएको छ ।

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

प्रतिक्रिया