मंगलबार ‘तेस्रो करियर फेस्ट’ आयोजना गर्दै करियर पोइन्ट एजुकेशन

काठमाडौँ - करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गर्ने भएको छ । करियर पोइन्ट एजुकेसनको आयोजनामा भोलि (पौष ६ गते, मंगलबार) का दिन ‘करियर फेस्ट’ कार्यक्रम गर्ने भएको हो ।
राष्ट्रिय सभा गृहमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म ‘करियर फेस्ट’ को आयोजना गर्ने भएको हो । प्रत्येक बर्ष करियर फेस्ट आयोजना गर्दै आएको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले यस बर्ष पनि मंगलबार गर्ने जनाएको छ । वार्षिकरुपमा आयोजना हुँदै आएको करियर फेस्ट कार्यक्रमको पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको मुख्य उद्देश्य नेपाल भित्रै उच्च शिक्षा अध्ययनको संस्कृतिलाई बढावा दिन रहेको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक बिशाल केशीले जानकारी दिए । पछिल्लो समय नेपालमा पनि अन्तराष्ट्रिय स्तरको शिक्षाको विकास भएकाले शिक्षाको लागि नै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य रहेको केसीले बताए । करियर फेस्ट कार्यक्रमले कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई कलेज छनोटमा सहयोग पुग्ने विश्वास उनले गरेका छन् ।
भोलि हुने कार्यक्रममा २५ भन्दा बढी कलेज र कर्पाेरेट हाउसले आफ्नो सुविधाहरुको बारेमा जानकारी गराउने छन् । जसले विद्यार्थीहरूलाई पाठ्यक्रमको बारेमा जान्न र बुझ्न मद्दत गर्नेछ । साथै, तुलनात्मक रूपमा धेरै कलेजहरु भ्रमण गर्ने समयलाई पनि कम गराउने छ ।
तेस्रो करियर फेस्टमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, हास्य कलाकार सुबोध गौतम, गायक अल्मोडा राणा उप्रेती, र अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा ५ हजार विद्यार्थीहरुको उपस्थित हुने बताइएको छ ।

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

प्रतिक्रिया