मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताएक हुन् । 

दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । प्रतिष्पर्धी विश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वविद्यालयले समयानुकूल आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा विश्वविद्यालयबाट विभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अंक प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दिक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक