१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो

काठमाडौँ - १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए ।
युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताएका छन् । एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरेको बताएका छन् ।
अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उनले बताएका छन् । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उनले भने ।
अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई देखाएका छन् ।
अन्तरिक्षमा उनले गल्फ खेल्ने, कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको थियो ।
मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गरेका थिए ।
कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, पछि कार्यक्रम रद्द गरेका थिए ।
मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिब दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।
यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युवमा अपलोड गरेका थिए । एजेन्सी

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_Q607gjKmWu_4jkvy4b1rxvuafi8fqfibcrvlwis3oqqtukwfjhz2fielwc5dogcvqvvtsi7.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया