माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व दाहालले घोषणा गर्ने

सर्लाही- सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।
लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।
माओवादी प्रदेश २ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो ।
माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गर्नेछन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया