आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

लिभरपुल र चेल्सी रोकिँदा लिग लिडर सिटीलाई फाइदा

काठमाडौँ- यो सप्ताहन्त इंग्लिस प्रिमियर लिगमा चार खेल मात्रै भए । बाँकी खेल कोभिड–१९ का कारण भएनन् । यस्तोमा शनिबार राति आर्सनल र लिड्स युनाइटेडबीचको खेल मात्र रोकिएन । जसमा आर्सनल विजयी भयो । आइतबार राति भने तीन खेल भए । यी खेलमा उपाधि होडमा रहेका तीन ठूला टिम मैदानमा उत्रिए ।  

आइतबार भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले पन्छायो । दोस्रो खेलमा चेल्सीलाई उल्भरह्याम्पटनले बराबरीमा रोक्यो । अनि साताको अन्तिम खेलमा टोटनहम र लिभरपुलबीचको खेल २–२ को बराबरीमा सकियो । 

अंक तालिकामा दोस्रो तथा तेस्रो स्थानमा रहेका लिभरपुल र चेल्सीले आ–आफ्नो खेलमा जित निकाल्न नसक्दा सिटीलाई फाइदा भएको छ । सिटीले पहिलो स्थानमाथिको पकड बलियो बनाएको छ । १८ खेल खेल्दा सिटीको पोल्टामा ४४ अंक छ भने उसलाई पछ्यायरहेको लिभरपुलसँग ४१ अंक छ । 

लिग लिडर सिटी र लिभरपुलबीचको दूरी तीन अंकको रहँदा दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको चेल्सीबीचको दूरी पनि तीन अंक कै छ । चौथो स्थानको आर्सनलको चाहिँ ३२ अंक छ ।