क्रिसमसमा ओमिक्रेन झन तीव्र फैलिन्छ- विज्ञ
सिड्नी- कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् । क्रिसमसमा हुने भिडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् ।
ओमिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले सुझाएका छन् ।
कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएको छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागू गरेको छ ।
यसैबीच युरोपेली युनियनका प्रमुख युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।
ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया