पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप
लिस्बन- पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ ।
ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ ।
यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन् । आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र यहाँका १३ वर्षसम्मका सबैलाई खोप दिइने छ ।
पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । गएको २४ घन्टामा मात्र यहाँ पाँच हजार जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ । त्यस्तै यस अवधिमा यहाँका १२ जनाको यही संक्रमणबाट ज्यान पनि गएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया