हुम्लामा हावाहुरीले छाना उडायो, हवाई सेवा अवरुद्ध

हुम्ला - शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा हुम्ला सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आइतबार दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ ।
बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।
हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् ।
यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पास भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
यसैगरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ । रासस

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया