‘जनता ठग्ने कार्यक्रम बन्द हुन्छ’
काभ्रे : वाग्मती प्रदेशका कृषि तथा पशुपक्षीमन्त्री बसुन्धरा हुमागाईंले किसानका नाममा मन्त्रालयबाट गलत काम भएका रहेछन् भने त्यसलाई खारेज गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलीखेलमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आइत्बार आयोजना गरेको कार्यक्रममा उनले वास्तविक किसानको पहुँच नपुग्ने परियोजना तथा कार्यक्रम खारेज गर्ने स्पष्ट पारे ।
उनले कृषि र पशुपालन देशको अर्थतन्त्रको प्रमुख स्रोत भए पनि विदेशबाट माछा, मासु, फलफूल, तरकारी, खाद्यन्नसमेत आयात गर्नुपर्ने अवस्थालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा सरकारले विभिन्न कार्यक्रम अगाडि सारिरहेको बताए ।
मन्त्री हुमागाईंले प्रत्येक पालिकामा पशुको उपचार गर्ने स्वास्थ्य केन्द्र निर्माण गर्ने विषयमा अध्ययन भइरहेको र त्यसका लागि प्राविधिकसँग सुझाव लिएर प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
जिल्ला दुग्ध सरकारी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष केशव बडालले पछिल्लो समयमा कृषिको नाममा किसानलाई हित हुने खालको कामभन्दा पनि बजेट लिनलाई मात्रै संस्था स्थापना गर्ने र पैसा अनुदान लिएपछि अन्यत्र नै प्रयोग गर्ने गरेको पाइएको बताए ।
बाख्रापालक किसान दीपक गौतमले ठूला योजनाभन्दा पनि साना–साना किसानलाई पनि लक्षित हुने खालको वास्तविक किसानले लाभ लिन पाउने खालका तालिम र बजेटको व्यवस्थापन गर्न सम्बन्धित कार्यालयको ध्यान जानुपर्ने बताए । रासस

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

प्रतिक्रिया