जनचाहना बमोजिम कोभिड-१९ को उपचारमा शुल्क लिने निर्णय भएको हो : स्वास्थ्यमन्त्री

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र माग अनुसार कोभिड-१९ का संक्रमितको उपचार गरेवापत शुल्क लिने निर्णय भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा भिडियो सन्देश दिदै मन्त्री ढकालले आफ्नै खर्चमा कोभिडको उपचार गर्न चाहनेहरूका लागि सशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् ।
‘निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरुका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यो कदम चालिएको हो,’ भिडियो सन्देशमा मन्त्री ढकालले भनेका छन्, ‘आफ्नै खर्चबाट परीक्षण तथा उपचार गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क सेवा प्राप्त गर्ने सहज अवसर उपलब्ध गराइएको छ ।’
सरकारले कार्तिक २ गतेबाट लागू हुनेगरि आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने निर्णय भएको थियो ।
निर्णयको आलोचनापश्चात ढकालले नेपाल सरकार नागरिकको संवैधानिक हक र सम्मानीत अदालतको फैसलाप्रति थप संवेदनशील रहेको छ बताएका छन् । ‘कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले लिएका निर्णयहरू नेपालको संविधान र प्रचलित कानूनका व्यवस्थाको अधिनमा रही निदान तथा उपचारको कार्यविधिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ,’ उनले भनेका छन् ।

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्लास्टिकको बोतलमा पानी पिउनेहरुलाई हृदयाघातको जोखिम अधिक

प्रतिक्रिया