‘हनी ट्रयाप’मा पार्न खोज्ने महिलासहित दुई जना पक्राउ

जनकपुरधाम - जबरजस्ती करणीको मुद्दामा फसाइ दिने धम्की दिई रकम ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा ठगी आरोपमा जिल्लाको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
काफ्लेका अनुसार रुबिना खातुन र रहमान मियाँ मिलेर पीडितसँग जबरदस्ती करणी मुद्दा मिलाइ दिने नभए फंसाइ दिने भनी एक लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । रुबिना खातुनले आफ्नो खडक नगरपालिका–९ कै समसुल मियाँको श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो लोग्नेले मलाई जवरजस्ती करणी गरेको मुद्दा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुपर्छ भन्दै दुई लाखमा बार्गेनिङ गरी मंसिर १० गते पेश्कीस्वरुप एक लाख रुपैया लिएकी थिइन ।
बाँकी रुपैया रुबिनाले ताकेता गर्न थालेपछि आजित भएर पीडित समसुलले प्रहरीमा उजुरी दिएपछि उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दुवै जनालाई पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताए । अनुसन्धानको क्रममा रुबिनाले विदेशबाट आएका युवाहरुलाई लोभ्याएर सम्पर्कमा ल्याई यस्तै किसिमले बार्गेनिङ गर्ने र नदिनेलाई जबरदस्ती करणी मुद्दा फसाउने गरेको काफ्ले बताए ।

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया