मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

एमसीसीमाथि छलफल जारी राख्ने, वार्तामा आउन एमालेलाई आग्रह

काठमाडौँ : संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई यथावस्थामा पारित गर्न नहुने सुझाव दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा सहभागी विभिन्न दलका नेताहरुले एमसीसीका बिषयमा देखिएका जटिलतालाई संशोधन नगरि अघि नबढाउन  सुझाव दिएका हुन् । 

बैठकमा कांग्रेसले एमसीसी अघि बढाउन प्रस्ताव गरेको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले यथावस्थामा एमसीसीलाई अघि बढाउन नहुने बताएका थिए । त्यस्तै बैठकमा जसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी मुलुकको हितमा भएकाले पारित गरेर अघि बढ्नुपर्ने बताएका थिए । 

बैठकपछि नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्नुपर्ने बताएका छन् । तर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले तत्काल यसलाई अघि बढाउन नहुने धारणा राखेको जानकारी दिए । 

सुवालले ‘एमसीसी विष जस्तै’ भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने आफुहरुको भनाई रहेको बताए । उनले प्रतिपक्षीले अवरोध गरेका बेला संसदको कार्यसूची अघि बढाउन नहुने धारणा राखेको जानकारी दिए । 

त्यस्तै बैठकपछि सरकारका प्रवक्ता कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । 

बैठकले संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग आह्वान गरेको छ । बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाका नेताहरु सहभागी भएपनि एमालेका कुनै नेताहरु पनि सहभागी भएनन् । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान सम्झौताका बिषयमा दलहरुबीच मतभेद भएपछि अघि बढ्न सकेको छैन । 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक