नेवार समुदायको योमरी पूर्णिमा

काठमाडौँ - नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् । यसलाई योमरी पुन्हि पनि भन्ने गरिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् ।
नुहाई धुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ ।
यसका साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने गरिन्छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया