देशभर १८१ संक्रमित थपिँदा, २८९ जना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८ सय ७२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ३३ र एन्टीजेन्ट विधिबाट ४८ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी २ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८९२ जना संक्रमणमुक्त भइसकेका छन् । १ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ७३ संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार २ सय ७१ जना छन् । त्यसैगरी ९७ हजार २६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय र भेन्टीलेटरमा २६ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २३ , संस्थागत आईसोलेशनमा २ सय ४८ र क्वारेन्टाइनमा ९५ जना छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया