भाइ केशवलाई बीपीकाे चिठी- हाम्रो सेखपछि छोराहरूले एकता कायम राख्नेछन्

काठमाडौँ - बीपीले आफ्नो निधनको ७ महिनाअघि भाइ केशव कोइरालालाई सम्बोधन गर्दै एउटा चिठी लेखेका थिए । बीपीपुत्र छोरा डा. शशांक कोइराला र केशवपुत्र डा. शेखर कोइराला पार्टीको महाधिवेशनमा फरक-फरक कित्तामा उभिएपछि कोइराला परिवारका नयाँ पुस्ताबीचकाे सम्बन्धबारे चर्चा चलेको छ ।
हालै शेखर कोइरालाले एक अन्तर्वार्तामा बीपीले आफ्नो पिता केशव कोइरालालाई लेखेको चिठ्ठीको प्रसंग उठाएका थिए । प्रस्तुत छ, ठीक ४० वर्षअघिको त्याे चिठी:
टाटा मेमाेरियल अस्पताल
बम्बई
१८. ११. ८१
कोसु,
मेरो स्वास्थ्यको सम्बन्धमा नोनाले सब कुरा बताउनेछिन् । नोनालाई मैले बम्बई लिएर गएँ । तिमीलाई केही असुविधा भयो होला । हामी दुवैलाई ठूलो रोग लाग्यो । ओखती उपचारले जति दिन धान्छ त्यति धान्ने हो । तिमीले सारा हेरविचार गरेका थियौ । मेरा भाइहरुको ठूलो मद्दतले मैले केही गर्न सकेँ । कोइरालाहरुको केन्द्रभूमि पिताजीको कार्यक्षेत्र विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन् । म सोमबार राति सोझै काठमाण्डु फर्किन्छु । बुनु, गिरिजा र शैलजासँग । शुशीला, प्रकाश, नोना र चेतना बनारस जान्छन् । मैले सकेँ भने १/२ दिनका लागि तिमीसँग भेट्न विराटनगर जानेछु ।
त्यहाँ सबैलाई मैले सम्झेको छ भनिदिनु ।
माया गर्ने
सान्दाजु

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया