सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहा- सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
छुरा प्रहारबाट घाइते भएका गोलबजार -६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया