सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । साँझ ४ बजे बस्ने सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन् । उपत्यकाबाहिर रहेकी पौडेलकाअनुसार दिउँसो ३ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकका एजेण्डाबारे भने जानकारी नआएको उनले बताइन् । 'म त उपत्यकाबाहिर छु । गठबन्धनको बैठक भनेर खबर प्राप्त भएको छ, इकागजसँग पौडेलले भनिन्, 'एजेण्डाबारे खुलाइएको छैन । बैठक ३ बजे बस्ने भनिएको छ ।'
सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । ४ बजे सर्वदलीय बैठक आह्वान गरिएको छ । बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। तर, एमाले भने बैठकमा सहभागी नहुने भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया