कैलालीमा घाँटी रेटेर युवकको विभत्स हत्या

कैलाली - कैलालीमा घाँटी रेटेर एक युवकको हत्या भएको छ। जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा एक युवकको घाँटी रेटिएको अवस्थामा शव बरामद भएको हो। प्रहरीकाअनुसार उनको हत्या अति नै क्रुर र विभत्स ढंगले गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले सोही गाउँपालिकाको वडा नम्बर ९ का २५ वर्षीय अरुण दाशको अमरावती सामुदायिक वनमा करिब १ किलोमिटर भित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा शव भेटिएको बताए । मृतक दासको रुखमा बाँधेर नग्न बनाइ टाउको छिनालीएको र दुईवटै हात समेत पछाडि पारेर बाँधिएको अवस्थामा शव भेटिएको प्रबक्ता जोशीले बताए ।
दास पौष २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पौष ३ गते दिउँसो सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पौष ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर अनुसन्धान थालेको बताए ।
प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्डसमेत फेला पारेको बताउदै प्रहरी उपरीक्षक अधिकारीले घटनाको केही क्लु समेत फेला परेको बताए । उनले शंकास्पद केही ब्यक्तिहरू फरार रहेको बताउदै खोजी कार्य भैरहेको बताए । श्रीमती, भाउजू र छोरीसहित बस्दै आएका दास केही समय अघि मात्रै भारतबाट फर्किएका थिए । आमा, बुवा र दाजु भारतमा रहेका कारण दास भारत आउजाउ गर्ने गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया