मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि

काठमाडौं - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।
शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउद कोइराला भन्दा पछिको मत पाइरहेका छन् ।
उनले १०२२ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले ९७५ मत पाएका छन् । खाँणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले ९६९ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ९५५ मत पाए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया