जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

खलंगा - जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् ।
सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई बालक सुधारगृह र एक फरार रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सो अवधिमा जातीय विभेदसम्वन्धी एक, बहुविवाहका दुई, यातानापछि मृत्युका एक, अपहरणका एक, हत्याका एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई गरी १७ घटना सङ्कलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धीका घटना पनि सङ्कलन गरिएको इन्सेक जुम्लाले जनाएको छ ।
मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिराले पारेको क्षतिलगायत विषयलाई समेत प्रथामिकता राख्न सुझाव दिए । बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि मात्रै कार्यविधि बनेको छ । अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको उनको भनाइ छ । यो विषयलाई थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने सहायक प्रजिअ चौलागाइँले बताए ।
राष्ट्रि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्याङ्क थप बलियो बनाउन सुझाव दिदैं बढ्दो सडक दुर्घटनाका विषय पनि समेटन सकिने बताए । सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको विषय भएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुने उनले बताए । रासस

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

प्रतिक्रिया