शिक्षकलाई कोरोना संक्रमणपछि धनकुटाको एक विद्यालय एक साता बन्द

धनकुटा - पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा कार्यरत शिक्षकलाई काेराेना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेकाे विद्यालयले जनाएको छ।
विद्यालयमा कार्यरत ती शिक्षककाे कोभिड-१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए। पोजेटिभ आएका शिक्षक घरैमा होम आइसाेलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।
१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुन: बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए।
यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया