भीरबाट लडेर दम्पतीको मृत्यु

बुटवल– भीरबाट लडेर गुल्मीमा एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१ मा रहेको सामुदायिक वन क्षेत्रको भीरबाट उनीहरू लडेका हुन् । घटनामा परी २६ वर्षीया मनु सार्की र उनकी श्रीमती २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
मुसिकोट नगरपालिका–१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट उनीहरु लडेर घाइते भएका थिए । स्थानीय वासिन्दाले लडेपछि घाइते अवस्थामा रहेको भन्ने खबर चौकीमा जानकारी गराएपछि प्रहरी टोली उद्धारमा खटिएका थिए । उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो ।
उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव गुल्मी अस्पतालमा राखिएको छ । उनीहरूको साथमा रहेका ३ वर्षीय बालक भने सकुशल भुटिएका छन् । जंगलमा पिसाब फेर्न जाँदा एकजना लडेपछि अर्को बचाउने जाँदा दुवै जना तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया