बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

आगलागीमा परेर महिलाको मृत्यु

सुर्खेत- कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान मृत्यु भएको हो । आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढाथापाले बताए ।

शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उनले जानकारी दिए ।