शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

यस्तो छ यमाहाको सस्तो र लोकप्रिय पाँच बाइक

काठमाडौँ- पछिल्लो समय नेपालमा युवाहरूको पहिलो रोजाइमा पर्दै आएको मोटरसाइकल हो यमाहा । युवामैत्री मोटरसाइलको रूपमा यमाहाले नेपाली बजारमा आफ्नो बजेट अनुसारको मोटरसाइलहरू नेपालमा बिक्री गर्दै आएको छ । 

नेपालमा यमाहाको मोटरसाइल बिक्री गर्दै आएको एम.ए.ड्ब्लु इन्टरप्राजेजले नेपालको बाटो अनुकल र युवामाझ लोकप्रिय रहेका आधुनिक मोटरसाइकलहरू नेपाली बजारमा ल्याउदै आएको देखिन्छ । नेपालमा यमाहाका २ लाख २५ हजारदेखि ९ लाख २५ हजारसम्मका बाइकहरू उपलब्ध रहेका छन् । यहाँ तपाईंलाई हाल नेपालमा उपलब्ध रहेको ५ यमाहाको बाइकको बारेमा जानकारी दिइन्छ ।

यमाहा सलुटो

यमाहाले नेपाली सडक सुहाउँदो र थोरै बजेटमा समेत खरिद गर्न सकिने बाइकको रूपमा यमाहा सलुटो नेपालमा हाल २ लाख २४ हजार ९ सय रहेको छ। यमाहा सलुटो इन्धन उपयोगी मोटरसाइलका रूपमा चिनिएको छ । ब्लूकोर इञ्जिन प्रविधिमा आधारित यो मोटरसाइकलको पिकअप निकै उत्कृष्ट छ । यो मोटर साइकलको माइलेज प्रतिलिटर ७८ किलोमिटर रहेको कम्पनीको दाबी छ ।

मोटरसाइकलको फुटरेष्ट र सिट आरमदायी तरीकाले निर्माण गरिएको छ । पछाडिको सिटमा यात्रु बोक्नुपर्ने नेपाली परिवेशलाई ध्यान दिएर मोटरसाइकलको सिट डिजाइन भएको कम्पनीले बताएको छ । मोटरसाइकलमा ‘रेजिन ट्याङ्क कभर’ तथा ट्युबलेश टायर प्रयोग भएको छ । हाल यस मोटरसाइकल युवाहरूमा विशेष आकर्षण रहेको देखिएको छ ।

एसजेड-आर.आर

नेपालमा यमाहा ब्रान्डको अर्को लोकप्रिय बाइकको रूपमा चिनिएको बाइकमा एसजेड-आरआर रहेको छ । नेपालमा हाल २ लाख ५९ हजार ९ सय मूल्यमा बिक्री भैरहेको छ । यस मोटरसाइकलमा रहेको १४९ सीसी क्षमताको एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ कार्बुरेटर इन्जिनले अधिकतम ७५ सय आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ ।

सेल्फ र किक दुबै स्टार्ट अप्सन रहेको यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । एसजेड आरआर थ्रीमा अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । आरमदायी यात्राको लागि अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन पाउन सकिन्छ । यसलाई नेपाली बाटो सुहाउँदो बाइकको समेत चिनिएको छ ।

एफजेट भी-टु

नेपालमा सर्वाधिक बिक्री भएको अर्को बाइक हो एफजेट भी-टु रहेको छ। युवाहरूमाझ अत्यन्तै लोकप्रिय रहेको यो मोटरसाइकलमा विभिन्‍न फिचरहरू रहेका छन् । २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको यस बाइक मूल्य अनुसारको रहेको देखिन्छ । यसले बाइकरहरूलाई प्रदर्शन र दक्षताको अतुलनीय अनुभव प्रदान गर्न सबैभन्दा उन्‍नत यमाहा ब्लू कोर जस्ता विशेषता रहेको छ । ५ स्पीड म्यानुयल गियरबक्स दिइएको यो मोटरसाइकलमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । चालकलाई सहज यात्रा गर्न सहयोग पुर्याउन मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

एफजेड भि टु स्पीडो मिटर, ट्रीप मिटर र टेकोमिटर डिजिटल रहेको यो मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता विशेषता रहेका छन् ।

एफजेडएस भि टु

यमाहाले नेपाली बजारमा उतारेको अर्को उत्कृष्ट मोटरसाइकलमा एफजेडएस भि टु रहेको छ । यसको नेपाली बजारमा यसको मूल्य ३ लाख २६ हजार ९ सय रहेको छ । यमाहा एफजेड भि थ्रीमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएच पावर प्रदान गर्ने गरेको छ । यसमा १३ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ ।

५ स्पीड म्यानुयल गियरबक्स दिइएको यो एफजेडएस भि टुमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । चालकलाई सहज यात्रा गर्न सहयोग पुर्‍याउन मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

स्पीडो मिटर, ट्रीप मिटर र टेकोमिटर डिजिटल रहेको यो मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता विशेषताले युवाहरू माझ झनै लोकप्रिय बनाएको देखिन्छ ।

एफजेडएस भि थ्री

एफजेडएस भि टु मोटरसाइकलको सफलता पश्चात नेपालमा एमएड्ब्लुले यसको अर्को भर्सन भित्र्याएको थियो । नेपालमा सार्वजनिक भएको केही समयमै यस मोटरसाइलप्रति युवाहरूले विशेष रूची देखाएका थिए । यस बाइकमा यमाहाले हाल ३ लाख ४९ हजार ९ सय रूपैयाँमा बिक्री गर्दै आएको छ । यसमा रहेको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र डार्क व्याकराउन्डमा चम्किलो अक्षरहरुका कारण निकै प्रिमियम लाग्‍ने एलसीडी यसमा पाउन सकिन्छ । यही एलसीडीमा स्पीडोमिटर, टेकोमिटर, ओडोमिटर र घडी जस्ता चालकलाई आवश्यक पर्ने सूचना पाउन सकिन्छ ।

झट्ट हेर्दा नै मानिसको ध्यान खिच्‍नसक्ने एलइडी हेडल्याम्प पाउन सकिन्छ । यसमा दिइएको हाइबीमले सेतो प्रकाश दिन्छ भने लोबीमले पहेँलो प्रकाश दिन्छ । एफजेडएस भि थ्रीमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १३।२ पीएस पावर र १२.८ एनएम टर्क प्रदान गर्ने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टाको हाइवे ड्राइभलाई यो मोटरसाइकल उत्कृष्ट मानिन्छ ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…