भारत गएका श्रमिक भन्छन्, ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

जाजरकोट- जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका २ का दिपी नेपालीको परिवार सात बर्ष पहिले कमाई गर्न छिमेकी देश भारत लागे । श्रीमान, श्रीमति, छोराछोरी बोकी कालापारमा राम्रो कमाई हुने आशमा गएका परिवार अहिले गाउँमा रित्तै फर्केका छन् ।
कालापारको बसाईमा उनीहरु १२ घण्टा काम गर्थे । रातदिन काम गर्दा समेत राम्रो कमाई हुन नसकेको उनको भनाई छ । उनले भनिन्, ‘कालापार अर्थात भारत दिनमा ३ सय ५० रुपैयाँ भारतीय रकम ज्याला पाउँथ्यौं, जसको नेपाली पाँच सय बराबर हुन्थ्यो ।’
अहिले नेपालमा काम गर्ने हो भने झन्डै ८ सय भन्दा बढी ज्याला पाइदोरहेछ उनले भनिन् । सात बर्ष भारतीय भुमिमा बस्नु भन्दा नेपालमै काम गर्न लागेको भए हुदोरहेछ उनले दुखेसो गरिन् । नेपाल फर्केपछि अहिले उनको साथमा छोरीका छोराछोरी र छोरी ज्वाई उनको दुःख सुखमा साथ दिन्छन् ।
न उनीहरुको जिन्दगी फेरियो न त राम्रो कमाई गरी पैसा बचाउन सके आजभोली गाउँघर तिरै जिन्दगी गुजारिरहेका छन् । उनी जस्तै सोही गाउँका नरबहादुर विकले भारतमा २८ बर्ष विताए । झन्डै तीन दशकको समय भारतमा विताएका उनी आउँदा रित्तै भाईवुहारीको घरमा फर्किए । न कमाई भयो, न उमेर बच्र्यो भारतीय नागरिकको गुलाम बनेर जवानी फालेको गुनासो पोखे ।
उनीहरु मात्र होइनन् । उनीहरु जस्तै जिल्लाका अधिंकाश नागरिकको बास्तविक पिडा हो । गाउँका ठेकेदारहरुले कमाई राम्रो हुन्छ भनेको भरमा उनीहरु कालापार जान्छन् तर कमाई राम्रो नभई रित्तै फर्किन्छन् । बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपाली आज भन्दा ३ बर्ष पहिले भारतमा छोराछोरी सहित सह परिवार लागे ।
कालापारमा कमाई गर्न गएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्के । अहिले आफ्नै वारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् । उनले भने, ‘भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।’ रासस

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_NZHsG7TAlK_zr0klc8fujcgxsrrkphmlc9wiq0vaeabi0ged1rrnb4jpk3jtve24mltlhnm.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया