बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानलाई तीन हजार डलर पुरस्कार

पाल्पा- तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको हो ।

समिटमा दक्षिण एसियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीको सहभागीता थियो । शाहीले आठ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेस गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताए ।

आठवटा टिमका बीच प्रतिस्पर्धा भएको थियो । हरेक टिममा प्रत्येक देशका एक विद्यार्थीको सहभागिता थियो । कोरोना सङ्क्रमणले गर्दा भर्चुअल माध्यम समिट गरिएको हो । रासस