जुम्लाको तापक्रम माइनस ६ डिग्री, काठमाडौँको तीन डिग्री

काठमाडौँ- काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।
यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ ।
मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।
नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

तुलालाई आँटेको काममा सफलता मिल्ने, मीनको बिछोडिएकासँग भेट हुने

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

प्रतिक्रिया