पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी निलम्बनमा, नन्दिनी भइन् निमित्त सिइओ

काठमाडौँ - पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । आज शुक्रबार बसेको पर्यटन बोर्डको बैठकले निलम्बन गरेर रेग्मीमाथि लागेको आरोप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । रेग्मी निलम्बनमा परेसँगै वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कायमुकायम सिइओको जिम्मेवारी तोकिएको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ ।
रेग्मीमाथि त्रिभुवन विमानस्थलस्थित भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप छ । उनलाई सोही आरोपकै आधारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो । त्यसयता रेग्मी र पर्यटनमन्त्री प्रेम आलेबीच विवाद बढेको थियो ।
‘आज बसेको बोर्डको बैठकले सिइओलाई निलम्बन गर्ने निर्णय भएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘उहाँमाथि लागेको आरोपमाथि छानबिन गर्न पनि समिति बनेको छ ।’ कात्तिक २७ गते बेलायतबाट फर्कनेक्रममा रेग्मीले भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप छ । आजको बैठक पर्यटन मन्त्रालयका सचिवसमेत रहेका पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले आह्वान गरेपछि बसेको थियो ।

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

प्रतिक्रिया