कर्णालीमा नेकपा विवाद : बालुवाटार र खुमलटारको विज्ञप्ति भिडन्त

काठमाडौं : कर्णाली प्रदेशमा देखिएको असन्तुष्टिका विषयमा सत्तारुढ नेकपामा दुईधार देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कर्णालीमा नेकपाको विवादका विषयमा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्न लगाएका छन् । ओलीले बालुवाटारबाट प्रेस सल्लाहकार सूर्य थापालाई र दाहालले खुमलटारबाट प्रेस संयोजक विष्णुप्रसाद सापकोटालाई कर्णालीमा पार्टीको विवादबारे विज्ञप्ति जारी गर्न लगाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका विषयमा दुई अध्यक्षबीच चार बुँदे सहमति भएको उल्लेख गरेका थिए । कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूध्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीसाथ आवश्यक निर्णय लिने सहमति भएको थापाको प्रेस नोटमा उल्लेख थियो ।
प्रेस नाेट सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष...
Posted by Prime Minister's Press Advisor on Tuesday, October 20, 2020
थापाको प्रेस नोट सार्वजनिक भएपछि अर्का अध्यक्ष दाहालका प्रेस संयोजक सापकोटाले त्यसको खण्डन गर्दै विज्ञप्ति जारी गरे । सापकोटाको प्रेस नोटमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषयमा कुनै सहमति नभएको उल्लेख छ ।
सापकोटाको प्रेस नोटमा दुवै अध्यक्षबीच प्रदेश विवादमा प्रदेश पार्टी समिति र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको प्रष्ट पारिएको छ ।
प्रेस नोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
Posted by Bishnu Sapkota Jugal on Tuesday, October 20, 2020
गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाका १८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए । प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ सांसद थिए । प्रदेशसभामा नेकपाका ३३ सांसद रहेकामा १८ जनाले अविश्वास गरेपछि मुख्यमन्त्री शाही नैतिक संकटमा परेका थिए ।
पार्टीको प्रदेश तहमा देखिएको विवाद चर्किने देखिएपछि अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशको पार्टी नेतृत्वलाई काठमाडौं बोलाएका थिए । पार्टी केन्द्रीय कार्यालयको पत्र पाएपछि कर्णालीका नेताहरु असोज २८ र २९ काठमाडौं आएका थिए । काठमाडौं आएको पाँच दिनमा उनीहरुले अध्यक्षद्वयसँग एकपटक मात्रै भेटेर छलफल गर्न पाए । छुट्टाछुट्टै भने नेताहरुको छलफल भइरहेको थियो ।
कर्णाली प्रदेशमा देखिएको पार्टी विवादबारे मंगलबार बिहान अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया