अब ओलीले झापामै चुनाव जित्दैनन् : झलनाथ खनाल

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अवको निर्वाचनमा झापाबाट पनि चूनाव जित्न नसक्ने दावी गरेका हुन् ।
उनले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिदै धर्तीमा रहेको जनतामाथि गद्धारी गरेको तर्क गरे । पार्टीको निति र सिद्धान्तलाई कुल्चिएर ओलीले पार्टी र जनताका सार्थै जनतामाथि धोका दिएको उनको भनाई छ । खनालले अबको निर्वाचनमा आफ्नै पार्टीको जीतलाई कसैले रोक्न नसक्ने तर्क गरे । छाटो समयमा नै पार्टी निकै बलियो भएको भन्दै उनले छोटो समयमा पार्टीका सवै कमिटी निर्माण गरिएको जिकिर गरे ।
कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया