कांग्रेस रुपान्तरको अभियान सभापति देउवाबाटै सुरु गर्छाैँ : उपसभापति गुरुङ

काठमाडौँ - नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् । शुक्रबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले पार्टी रुपान्तरणको कुरालाई मुख्य नारा बनाएको भन्दै अव रुपान्तरणको अभियान सभापतिबाटै सुरु गर्ने धारणा राखे ।
गुरुङले आफुहरुपनि अब अग्निपरीक्षामा रहेको भन्दै पार्टीमा भागबण्डा नगरि पद्धतीअनुसार चल्ने वातावरण निर्माण गर्ने उल्लेख गरे । उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए । पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको उनको भनाई छ ।
उनले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि दावी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया