तीन हजार रुपैयाँ घूससहित वडा सचिव पक्राउ

काठमाडौं - विवाह दर्तामा सहजीकरण गरेवापत तीन हजार रुपैयाँ घूस लिने वडासचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-४ को कार्यालयका वडा सचिव नासु मोहम्मद सिद्धिकलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
सिद्धिकले विवाह दर्तामा सहजीकरण गरेवापत सेवाग्राहीसँग घूस लिएका थिए । आयोगको कार्यालयबाट बुटवलबाट गएको टोलीले तीन हजार रुपैयाँ लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । आयोगले त्यसमा थप अनुसन्धान अनुसन्धान गर्ने जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया