जर्मनले कोभिडविरुद्धको खोप उपलब्ध गराउँदा अमेरिकी दूतावासद्वारा खुसी व्यक्त

काठमाडौँ- जर्मनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएकोमा नेपालस्थित अमेरिकी दूतावासले खुसी व्यक्त गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालमा आयोजित कार्यक्रममा जर्मन दूतावासका पदाधिकारीले करिब ४२ लाख खोप वितरण गरेका थिए । १९ लाख ६५ हजार ६ सय मोर्डना खोप र २१ लाख ७६ हजार ६ सय ५० जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
विश्वव्यापी समस्याहरूको समाधान गर्न विश्वव्यापी समाधान आवश्यक पर्ने दूतावासले जनाएको छ । 'जर्मनी दूतावासको यो उदार सहयोगले भाइरसलाई परास्त गर्नेतर्फको दिशामा एक महत्त्वपूर्ण कदम अघि बढाएको छ,' दूतावासले उल्लेख गरेको छ,' ४१ लाख डोजभन्दा बढी कोभीड-१९ खोप हालै उपलब्ध गराएको समाचार यहाँहरूसँग बाँड्न पाउँदा हामी अत्यन्तै हर्षित छौं।'

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया