मेक्सिन अभिनेत्री तानियाको हत्या

काठमाडौँ - मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए ।
प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।
मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा सांगीतिक एलबम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।
सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन । एजेन्सी

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया