चिसो बढेसँगै बेसी झारिँदै भेडा

हुम्ला - हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेसीतर्फ झार्न थालिएको हो ।
सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेडापालक चरनका लागि हिँउदमा बेसी झर्ने गर्छन् ।
२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु परेको हुम्ला जिल्लाका भेडापालकको चिसो बढेकाले मंसिरदेखि बेसीतिर झर्न थालेका भेडा पालक सिमकोट गाउँपालिका(२ ठेहेका कालु बोहराले बताए ।
भेडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेसी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले न्यूज कारखानालाई बताए ।
'पाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ । चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुलाका अधिकांश भेडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।'
लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।
उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेसीबाट लेकतिर र हिउँदमा बेसीतर्फ झार्नुपरेको बोहराले बताए ।

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

प्रतिक्रिया