कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक
इथाका [अमेरिका]- कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको बताएको छ । विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये "धेरै उच्च प्रतिशत" पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ ।
विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।
संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ । त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया